बैकिङ कसूर मुद्दाका फरार अभियुक्त ८ वर्षपछि पक्राउ

काठमाडौँ — बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७१ वैशाखमा दोषी ठहर भएका एक पुरुष ८ वर्षपछि पक्राउ परेका छन् ।धादिङ गंगाजमुना गाउँपालिका ६ का स्थायी बासिन्दा लोकमान गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको फैसला अनुसार आरोपित गुरुङले ८ लाख २४ हजार बिगो तथा जरिवाना र ७ दिन कैद बस्नु पर्ने थियो ।
काठमाडौं बाँसबारी बस्दैआएका २९ वर्षीय गुरुङलाई प्रहरीको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं जिल्ला अदालत, बबरमहल पठाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
Share your love