बैंकदर एक प्रतिशतले घट्यो : ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको जनाएको छ ।

नीतिगत दरलाई ७ प्रतिशतमा यथावत् राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ चैत मसान्तमा ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको उल्लेख छ ।

गएको वर्षदेखि समग्र माग व्यवस्थापनका माध्यमबाट विदेशी विनिमय सञ्चिति जोगाउन अवलम्बन गरिएका नीतिको प्रभावस्वरुप बाह्य क्षेत्रमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चितिमा भएको सुधारले आयात धान्ने क्षमता बढेको छ ।

यस्तो छ, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा :

 

Share your love