बंगलादेश र भारतमा भीषण समुद्री चक्रवातको प्रभाव पर्ने

बंगलादेश र भारतका दक्षिणी तथा पूर्वोत्तर राज्यहरुमा समुद्री चक्रवातको ब्यापक रूपमा प्रभाव पर्ने भएकाे छ ।

मोका नाम दिइएको चक्रवात तीब्र गतिमा अघि बढिरहेको भन्दै तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको हो । प्रति घण्टा १ सय ७५ किलोमिटरको गतिले अघि बढिरहेको चक्रवात बर्मा र बंगलादेशको कोक्स शहर नजिकको क्षेत्रतर्फ अघि बढेको जनाइएकाे छ ।

आगामी आइतबारसम्ममा बंगलादेशका तटीय क्षेत्र तथा भारतीय राज्यहरु उडिसा, पश्चिम बंगाल, त्रिपुरामा यसको ब्यापक प्रभाव पर्ने जनाइएको छ । त्यस्तै, मणिपुर, नागाल्याण्ड, आसामन र मिजोरममा भीषण वर्षा र आँधीको सम्भावना रहेकाे छ । बंगालको खाडीको आसपास तथा उत्तरी अण्डमान क्षेत्रमा बढी क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।

चक्रवातका कारण भारतका अधिकांश क्षेत्रमा वर्षा र आँधी हुरीको चेतावनी दिइएको छ । भारत सरकारले तटीय क्षेत्रमा सयौंको संख्यामा प्राकृतिक विपद उद्धार फौजलाई परिचालन गरेको छ । चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ ।

उक्र चक्रवातका कारण नेपालमा पनि हुरी बतास तथा वर्षाको सम्भावना रहेकाे जनाइएकाे छ ।

Share your love