बिलबिजक भन्दा बढीका सामान बोकेको ट्रक र ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा

बिलबिजक भन्दा बढीका स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिलबिजकभन्दा बढीको सामान बोकेर वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ नम्बरको ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाह ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा बिलबिजक शंस्कास्पद देखिएपछि स्टेशनरी र खुद्रा गरेर ९२ लाख ४८ हजार ८ सय २२ रुपैयाँ बराबरको सामाग्री नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

नियन्त्रीत सामाग्रीलाई ट्रक र ट्याक्टरसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Share your love