जनता समाजवादी पार्टीको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा हुनेभएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आइतवार र सोमवार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन चैत्र अन्तिम हप्ता काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहनुभएको छ ।

मूल व्यवस्थापन समितिले आवश्यकता अनुसार उपसमिति बनाउन सक्नेछ । बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर), कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई सङ्घीय परिषद् सदस्यमा मनोनयन गरेको छ ।

 

Share your love