बाटो निर्माणमा भ्रष्टाचार : चङ्खेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिृकतसहित सात जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले चङ्खेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, सहायक सब–इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चङ्खेली–३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । उनीहरूले हुम्लाको सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा उनीहरूले भएको भन्दा बढी कामको मूल्याङ्कन गराएको, झुटा बिल तथा काम सकिएको प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, सहायक सब–इन्जिनियर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाटबाट दुई लाख २२ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै चङ्खेली गाउँपालिका–३ का वडाध्यक्ष शालिग्राम ऐडीलाई सजायमात्रै माग भएको छ ।

 

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *