बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा धनुषामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ ढल्केवरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका–१ भुतहीपटेर्वाका अन्दाजी ६० वर्षीय चन्द्रदीप यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वतर्फ गइरहेका ना ६ ख ८४२६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेका ज १२ प १४९२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिएका छन् । सो दुर्घटनामा गम्भीर एक जना घाइते समेत भएका छन् ।

घाइतेको उपचार जनकपुरधामस्थित काव्या हस्पिटलको सघन कक्षमा भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Share your love