प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आउँदो प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

आज आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले आउँदो प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गर्नुभएको हो । संसदीय प्रणालीमा सङ्ख्याको खेल हुने भन्दै उहाँले देउवासँग सांसदको धेरै सङ्ख्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै सङ्ख्या पनि हामीसँगै छ ।’

उहाँले पार्टीका अन्य नेताहरूले संसदीय दलको नेतामा आकाङ्क्षा राख्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको जिकिर पनि  गर्नुभयो ।

 

Share your love