बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङको गल्छी गाउँपालिका-७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका थापाको उपचारका लागि अम्बेभरोसा अस्पताल गल्छी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ।

काठमाडौंबाट लहानतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ०७२२ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको बा ९२ प २३६९ नम्बरको मोटरसाइकललाई गएराति पौने ११ बजे ठक्कर दिएको हो।

बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।

Share your love