बढदो चिसोका कारण पर्साका ४ पालिकाको विद्यालयमा आजदेखि विदा

वीरगंज –सोमबार देखि बढेको अत्याधिक चिसोका कारण पर्साको वीरगंज महानगरपालिका , पोखरिया नगरपालिका , जगरनाथपूर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाले हिउदे बिदामा कट्टा हुनेगरी आजदेखि शुक्रबार सम्म पालिका अन्तगर्त रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिनको लागी सम्बन्धित विद्यालयका प्रसाशनलाई निर्देशन दिईएको छ ।

सोमबार बिदा सम्बन्धि सुचना जारि गर्दै वीरगंज महानगर , पोखरिया नगरपालिका , जगरनाथपूर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाले अत्याधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि पर्सामा विद्यालयमा विदा दिईएको जनाएका छन ।

प्रतिकुल मौसमका कारण बालबालिकालाई पठनपाठनमा असहजता भएकाले हिउँदे विदामा कट्टा हुने गरि आजदेखि शुक्रबार सम्मका लागि विद्यालयहरुमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको पालिकाहरुले जनाएका छन ।

Share your love