फिलिपिन्समा आगलागी हुँदा सात जनाको मृत्यु

फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दा बढी घरहरू आगोको चपेटामा परेका थिए ।

अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त आगलागीका कारण ६० भन्दाबढी परिवार घरवारविहीन भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।

Share your love