शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, जलविद्युत् र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।

आज दुई सय ६८ वटा कम्पनीका ३८ लाख ४३ हजार कित्ता शेयर एक अर्ब १५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नबिल बैंकको पाँच करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै मायाखोला जलविद्युत् कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरै तथा सामुदायिक लघुवित्त, सिँगटी हाइड्रो, मिथिला लघुवित्त र इस्टर्न हाइड्रो कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

Share your love