प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ३ जना घुससहित पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवसहित तीन जना ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी र बिचौलिया विनोद भरलाई पक्राउ गरेको हो । गिट्टी बालुवा उत्खनन सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरू पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

Share your love