प्रदेश सरकारको हकमा एमालेले हस्तक्षेप गर्दैनः पौडेल

प्रदेश सरकारमा रहेको नेकपा एमालेले सरकारबारे कुनै निर्णय लिन सकिरहेको छैन । प्रदेशका नेताहरू पनि पार्टी केन्द्रले कुनै निर्देशन नदिएको र प्रदेशमा पनि कुनै छलफल नभएको बताइरहेका छन् । जसका कारण कर्णालीमा एमाले अझै अनिर्णीत छ ।

यसैबीच एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशका नेताहरूलाई नै भएकाले केन्द्रले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारको हकमा पार्टी केन्द्रले तत्कालै कुनै निर्देशन नदिने स्पष्ट पारे ।

पौडेलले प्रदेशमा एकाले सरकारमा रहने नरहने कुरा स्वयम् प्रदेशका मुख्यमन्त्रीमा निर्भर रहने पनि बताए । कर्णालीलाई एमालेले किन हेर्दैन भन्ने प्रश्नमा पौडेलले आफू अर्थमन्त्री रहेको बेलामा बजेटको सन्दर्भमा कर्णालीलाई जहिले प्राथमिकता दिएको दाबी गरे ।

Share your love