प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार गुप्ताको घरदैलो कार्यक्रम निरन्तर जारि

वीरगंज– आसन्न प्रतिनिधि  र प्रदेश  सभा सदसको निर्वाचन लाई लक्षित गरेर पर्सा क्षेत्र नम्बर १ को ( ख ) मधेश प्रदेश सभा सदस्यका लागी सवतन्त्र उम्मेदवारी दिनुभएको भएको श्याम प्रसाद गुप्ताले आफ्ना चुनावी घरदैलोलाई निरन्तरता दिनुभएको छ ।

राजनीतिक प्रिष्टभुमि बाट उदय हुनुभएको गुप्ता सञ्चार क्षेत्र संग आबद्ध रहेको र समाजका समस्या नजिकबाट नियालेकोले चुनावी प्रतिस्पर्धामा आएको बताई रहनुभएको छ । आज शनिबार घरदैलोको क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ को ( ख ) का क्रमश : वडाहरु २,४,५,७,८,११,१२,१५,१६, मोटरसाईकल र्याली गरिएको स्वतन्त्र उम्मेदवार गुप्ताले बताउनुभयो ।

उहाका बुवा भाग्यनाथ प्रसाद गुप्ता मधेशको बारेमा विज्ञता हासिल गरेको र लामो समयको राजनीतिक अनुभबी र मधेशवादी चिन्तन भएको व्यक्ति हुनुहुन्छ । राजनीतिक दलको रापतापबाट जनता आजित भईसेकोले आफु स्वतन्त्र उम्मेदवारी दिएको श्याम प्रसाद गुप्ताले संक्षित प्रतिक्रियाले बताउनुभयो ।

उहाको मूल एजेन्डा मधेशको राजधानी वीरगंज बनाउने पर्ने रहेछ भने अन्य स्वास्थ्य र शिक्षामा बढी जोड रहेको छ । उहालाई निर्वाचन आयोगले चुनाव चिन्छ रिक्सा प्रदान गरेको छ ।

Share your love