प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।

स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ र रविमध्ये कसले गृह लिने भन्ने टुंगिएको छैन ।
स्रोतका अनुसार श्रेष्ठले परराष्ट्र लिएर रवि गृहमन्त्री बन्ने सम्भावना छ ।
Share your love