नेपाल स्काउटद्वारा सुरजी देवी मा.वि.लाई माक्स हस्तान्तरण

वीरगंज –छिमेकी मुलुकमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरेर नेपाल स्काउटले सोमबार वीरगंज महानगरपालिका वडा नम्बर १२ मा रहेको सुरजी देवी माध्यमिक विद्यालयलाई ८ हजार पिस मास्क हस्तान्तरन गरेको छ ।

‘पूर्ण मास्क प्रयोगमा सुनिश्चा’ अभियानलाई निरन्तरता दिदै उक्त मास्क सुरजी देवी माध्यमिक विधालयका प्रधानाध्यापक मनोज चौहानलाई हस्तान्तरन गरिएको नेपाल स्काउट वीरगंज महानगरका संयोजक मेराजुल हवारीले जनकारी बताउनुभयो ।

सो अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य रेयाज अंसारी, स्काउटका सदस्य,सुजित मण्डल, ज्याद अंसारी लगायतको उपस्थिति  थियो।

Share your love