प्रचण्डले चितवन पुगेर भने,‘कोशीमा सत्ता गठबन्धनकै सरकार बन्छ’

प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन्। शनिबार चितवनस्थित भतरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई स्वीकार गरेका हुन्।

प्रचण्डले कार्की अब सबैको मुख्यमन्त्री भएको भन्दै स्वीकार गरेका हुन्। प्रचण्डले नेकपा एमालेका सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीआफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन्।

‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’ उनले भने।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच सत्ता गठबन्धनमा बेइमानी नगर्ने सहमति भएको छ।

कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बनेको हुँदा पनि आफूहरूले विश्वासको मत दिने उनले बताए।

‘राजनीतिमा चिसो(तातो भइराख्छ, अब कहिलेकाँही गठबन्धनभित्र विवाद हुँदा झन् बलियो भएर आउने पनि वातावरण बन्छ। हामीलाई के विश्वास छ भने आज बिहान भएको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत गर्छ। विश्वासको मत दिने कुरा भइहाल्यो,उनले भने, ‘सर्वपक्षीय सरकार बनाउन असम्भव चाहि भन्दिनँ। तर तत्काल सर्वपक्षीय सरकार बन्ने देख्दिनँ। गठबन्धनकै सरकार बन्छ त्यहाँ।’

गठबन्धनको केन्द्रीय नेतृत्वको सहमति विपरीत कोशीमा कांग्रेसका शेखर कोइरालापक्षका केदार केदार कार्की शनिबार बिहान मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेकपा एमालेका ३९ र शेखर पक्षका ८ सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए।

Share your love