पोखरिया अस्पताललाई उपक्षेत्रीय अस्पतालमा रुपान्तरण गरिने-डा.मधु

वीरगंज – पर्साको दोश्रो सरदमुकाम पोखरियामा रहेको जिल्ला अस्पताल पोखरियालाई उपक्षेत्रीय अस्पतालमा रुपान्तरण गर्ने मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले बताउनुभएको छ  । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएकी डा.गुप्ता कुर्मीले ग्रामिण भेगका जनताको लागी एक मात्र अस्पताल पोखरिया अस्पताल रहेकोले यसलाई स्तरउन्नति गरेर जिल्लाकै ग्रामिण भेगमा उत्कृष्ट अस्पताल बनाउने बताउनुभयो ।

Share your love