पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदमा सक्रिय भूमिका निर्वाह गर्न कांग्रेस सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको हो ।

शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउनुभएको थियो ।

प्रमुख सचेतक लेखकले सांसदहरूलाई औपचारिक पोशाक लगाएर मात्रै संसद् बैठकमा सहभागी हुन निर्देशन दिनुभएको छ । संसदीय दलको बैठकमा सकेसम्म दौरा, कोट, प्यान्ट र सारी लगाएर आउन निर्र्देशन दिँदै जिन्स प्यान्ट नलगाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ । अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ । उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।

Share your love