पाकिस्तानबाट ३ हजार अफगान शरणार्थी फर्किए

छिमेकी राष्ट्र पाकिस्तानबाट सोमवार (हिजाे) तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलवार (आज) जारी गरेको विज्ञप्तिमा याे कुराको जानकारी दिइएको छ । मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया चलिरहेकाे छ ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा इरानमा पनि रहेका छन् । विगत छ महिनामा दुई लाख ७० हजार जनाभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।

 

Share your love