पल शाहले कारागारमै लगाए भाइटीका

कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

शाहका विरुद्ध गएकाे फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध त्यही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गएकाे भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार रुपैयाँ जरिबाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।

 

Share your love