टी–२० विश्व कप : आयरल्यान्ड र अफगानिस्तानको खेल वर्षाका कारण रद्द

टी–२० विश्व कप अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । बिहान पौने १० बजे हुने भनिएको खेल वर्षाका कारण रद्द भएको हो।

यी दुईबीचको खेल टस नभइ रद्द भएको क्रिक इन्फोले जनाएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ‘ए’ मा रहेका यी दुई टिमबीचको खेलको टससमेत हुन सकेन।

खेल रद्द भएपछि दुवैले १–१ अङ्क पाएका छन् । तीन खेलमा तीन अङ्क जोडेको आयरल्यान्ड समूह ‘ए’ को दोस्रो स्थानमा छ । समान अङ्क रहेको न्युजिल्यान्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तान २ अङ्कका साथ पुछारमा छ ।

 

 

Share your love