पर्सा ४ को ‘क’ मा नेपाली कांग्रेसका चौधरी विजयी

पर्सा ४ को ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरीले ११,५८५ मत ल्याइ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।

चौधरीलेका निकटतम प्रतिस्पर्धी जसपा एमालेका गठबन्धनबाट एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले ९५५१ मत प्राप्त गनुभएको छ ।

चौधरी २०३४ मतान्तरका साथ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

चौधरी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

Share your love