पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ लोकप्रिय नेता गौरीशंकर साहको नाम सिफारिस 

वीरगंज – जनता समाजबादी पार्टी नेपाल पर्साको क्षेत्र नं- ३ को प्रदेश सभा क्षेत्रीय समन्वय समितिको पहिलो बैठकले मधेश प्रदेशको प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति सदस्य एवम जनताको लोकप्रिय नेता गौरीशंकर साह लाई प्रदेश सभा सदस्यको उम्मेदवारका लागि १ नम्बर मा सिफारीस गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा चुनावको लागी जसपाको तर्फबाट साह सहित शिव जि प्रसाद सोनि त्यसै गरि समानुपातिक तर्फ सलमा खातुन,अल्ताफ आलम,मिरा ठाकुर,मुख्तार मियाँ धोबी को नाम पनि सिफारिस गरेको हो ।

Share your love