पर्सा क्षेत्र नं. ३ मा जसपाले टिकट पाउने निश्चित –कांग्रेसको १,२,४ मा दाबि

वीरगंज-पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ जनता समाजबादी पार्टीले टिकट गाउने निश्चित भएको छ ।सिटबाडफाट गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १,२, र ४ मा दाबि गरेको हुदा जसपा पर्साले क्षेत्र नम्बर ३ मा टिकट पाउने लगभग निश्चित भएको हो ।

पाँच दलीय सत्ता गठबन्धनको बसेको बैठकमा सिटबाडफाटको बारेमा सहमति नजुटेको भए पनि कांग्रेसले क्षेत्र नम्बर ३ बाहेक १,२,र ४ मा दाबि गरेकोले क्षेत्र नम्बर ३ मा जसपाके टिकट पाउने निश्चित नै भएको जसपा निकट श्रोतको दावी छ ।

टिकट पाउने निश्चित भए संगै जसपाबाट प्रतिनिधि सभाकोलागी प्रत्यक्ष सिफारिस हुनुभएकी डा. मधु गुप्ता आफ्नो चुनावी गतिबिधि तिब्रताको साथ बढाउनु भएको छ । उहाले पर्सा क्षेत्र नम्बर ३ को सबै ईलाकामा पुगेर स्थानीय संग राजनीतिक भेटघाटलाई तिब्र पार्नुभएको छ ।

Share your love