जनता समाजबादी पार्टी (जसपा)की नेतृ डा.मधु गुप्ताद्वारा भेटघाट तीव्रता

वीरगंज – जनता समाजबादी पार्टी नेपाल पर्साले क्षेत्र नम्बर ३ बाट आसन्न प्रतिनिधि सभाको लागी प्रत्यक्ष तर्फ नाम सिफारिस गरेको डा.मधु गुप्त चुनाव नजिकदै जादा चुनावी भेटघाट कार्यमा ब्यस्त हुनुभएको छ । आज बुधबार पर्साको क्षेत्र नम्बर ३ पोखरिया नगरपालिका वडा नम्बर ३ रानीगंजमा जसपा नेतृ डा.मधु गुप्ता चुनावी भेटघाट तथा छलफल गर्नुभएको हो ।

रानिगंजका स्थानीय संग आज भेटघात गरेको जसपा नेतृ डा.मधु गुप्ताले जसपालाई आफ्नो पूर्ण मत दिएर जिताउन आग्रह गर्नुभएको छ । स्थानीय जनता संग कुरा गर्दै डा.गुप्ता पटकपटको मधेस आन्दोलनको जगमा पाएको राजनीतिक उपलब्धिलाई संगालेर थप अधिकारको लागी नीति निर्माता संग सहकारी गरेर अधिकार सम्पन्न बनाउने बताउनुभयो ।

उहाले बिगतमा उठाईएका मुद्दा सम्बोधन हुन् बाकि रहेको हुदा मैले त्यही बाकि मुद्दा सम्बोधन गराउनको लागी मैले आफ्ना उम्मेदवारीको दाबेदारी गरेको बताउनुभयो । प्रदेशको साँधसिमानका कुरा, आर्थिक, सामाजिक र राजनीतिक अवसरमा समतामूलक सहभागिता कुरादेखि तमाम पिछडिएका दलित, जनजाति, महिला, मधेसी, मुश्लिम, आदिवासी, पिछडिएको वर्ग सबैको उत्थानको लागी आफुले कार्य गर्ने बताउनुभयो ।

सबैले आर्थिक उन्नतिमा समान, अझ समातामूलक सहभागिता र अवसरको पाउनु पाउनु पर्ने उहाको भनाई रहेको छ । आज आधा अकाश ढाक्ने महिलालाई एक तिहाई अर्थात ३३ प्रतिशत आरक्षणको व्यवस्था संविधानले गरेको छ । तर, त्यो पनि व्यवहारमा लागू नभएको बताउदै डा.गुप्ता त्यो सर्बसाधारण महिलाको अनुभूति हुनेगरी कार्य योजना ल्याउने बताउनुभयो ।

Share your love