पर्सामा समानुपातिकमा पनि सबै भन्दा बढि मत पाउदै काँग्रेस बन्यो पहिलो दल

मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि सबै भन्दा बढि मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।

प्रतिनिधीसभाको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढि ६६ हजार ६७५ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको नेकपा एमालेले ४२ हजार ९७५ मत पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ३८ हजार ४२१ मतका साथ तेश्रो स्थानमा झरेको छ ।

राप्रपा २० हजार ८७३ .मतका साथ चौथो , नेकपा माओवादी केन्द्र १३ हजार २७४ मतका साथ पाँचौ र रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ५५१ मतका साथ छैठौं शक्ति पर्सामा बनेको छ । सातौ स्थानमा रहेको नेकपा एकिकृत समाजवादीले ५ हजार ७३१ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ५ हजार ४३ मतका साथ आठौ स्थानमा रहेको छ । सिके राउतको दल जनमत पार्टी भने ३ हजार ९१९ मतका साथ नवौं स्थानमा सिमित हुन पुगेको छ ।

प्रदेशसभाको समानुपातिकमा पनि काँग्रेस नै पहिलो

प्रदेशसभाको समानुपातिकमा पनि पहिलो दल काँग्रेस नै बनेको छ । काँग्रेसले सबै भन्दा बढि ६३ हजार ८६१ मत पाएको छ ।

जसपा भने ४१ हजार ६२७ मतका साथ दोश्रो स्थानमा पुग्दा नेकपा एमाले ४१ हजार ३०७ मत प्राप्त गर्दै तेश्रो दल बनेको छ ।
चौथो स्थानमा उक्लिएको राप्रपाले १७ हजार १७३ मत पाउदा माओवादी केन्द्र ११ हजार ३१३ मत प्राप्त गर्दै पाँचौ दल बनेको छ ।

सिके राउतको दल जनमत पार्टी भने ७ हजार २५४ मतका साथ छैठौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ६ हजार ६६२ मततका साथ सातौ स्थानमा , नेकपा एकिकृत समाजवादी ६ हजार ९४ मतका साथ आठौ स्थानमा पुगेको छ । नवौं ं स्थानमा रहेको लोसपाले ४ हजार ८०५ मत पाएको छ भने नेपाल संघीय समाजवादी पार्टी ४ हजार १८१ मतका साथ दशौं स्थानमा पुगेको छ ।

२०७४ को निर्वाचनमा पर्सामा कुन दल कुन स्थानमा थिए ?

२०७४ को निर्वाचनमा सामानुपातिक तर्फ पनि प्रतिनिधीसभा र प्रदेशसभा दुवैमा जसपा नै पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधीसभाको समानुपातिकमा जसपाले सबै भन्दा बढि ५३ हजार ८२१ मत र प्रदेशसभाको समानुपातिकमा ५१ हजार २२० मत पाएको थियो ।

दोश्रो स्थानमा रहेको काँग्रेसले भने प्रतिनिधीसभाको समानुपातिकमा ५० हजार ५९२ मत र प्रदेशसभाको समानुपातिकमा ४५ हजार २७३ मत पाएको थियो । तेश्रो स्थानमा रहेको एमालेले प्रतिनिधीसभाको समानुपातिकमा २२ हजार १५६ मत र प्रदेशसभाको समानुपातिकमा १९ हजार २९८ मत मात्रै पाएको थियो ।

Share your love