शेयर बजार साढे ३२ अंकले बढ्यो, २ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ ।

म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।  दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४५ करोड र नविल बैंकको १२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको शेयर ८ प्रतिशत र जीवन विकास लघुवित्तको शेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि सबभैन्दा धेरै एनएमबी हाइव्रिड फण्डको शेयर मूल्य घटेको छ ।

Share your love