पर्सामा युवतीलाई दुर्व्यवहार गर्ने ६ जनालाई म्याद थमाईयो

वीरगंज – एक युवती संग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ६ जना माथि जिल्ला प्रहरी कार्यालय पर्साले म्याद थमाएको  छ । प्रहरीले आज शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साबाट अभद्र मुद्दामा २५ वर्षीय २५ वर्षीय जहाँगिर अंसारी, ३२ वर्षीय फिरोज अंसारी, ३१ वर्षीय अल्फाज अंसारी, २७ वर्षीय तारीख अंसारी २४ वर्षीय आशीष साह र आदित्य गिरीलाई म्याद थमाई अनुसन्धान अगाडी बढाईएको छ ।

होलीको दिन बुधवार दुर्घटनामा परेकी युवा/युवतीलाई उद्धार गर्ने बहानामा उनीहरुले दुर्व्यवहार गरेको ति युवतीले आरोप लगाएकी थिईन । तर पछी युवतीको तर्फबाट कसैले जाहेरी नदिए पछी प्रहरीले आफै अभद्र मुद्दामा उनीहरुलाई म्याद थमाएको हो । रक्सीको मातले मातिएको उनीहरुले प्रहरी संग समेत अभद्र व्यवहार गर्ने तुलेका थिए ।

Share your love