प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने सम्भावना

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ ।

द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक बहस सकिएको हो । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ । मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र आरणलगायतका अधिवक्ताले बहस गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मङ्गलवार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका दुई वटा रिट मङ्गलवार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

यसअघि उनीहरूले गएको कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्चको प्रशासनले दरपिठ गरेको थियो । दरपिठ भएको रिट निवेदन अघिल्लो न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । त्याे इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

Share your love