पर्सामा प्रदेशतर्फका सबै नतिजा सार्वजनिक

वीरगंज – पर्साका ८ वटै प्रदेश निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

पर्सा क्षेत्र नम्बर एकको (क) मा सत्ता गठबन्धनबाट माओबादीका उम्मेदवार रोहबर अंसारी ७८१७ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाको निकटतम प्रतिद्वन्द जसपा एमालेका गठबन्धनबाट एमालेका विचारी यादबले ५५११ मत ल्याएर चित बुझाउनु भएको छ ।

(ख) मा लालबाबु राउत गद्दीले ७५४५ मत ल्याएर प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको छ । राउतका निकटम प्रतिद्वन्दी रामनारायण कुर्मीले ६२१२ मत प्राप्त गर्नुभएको छ ।

पर्सा क्षेत्र नम्बर दुईको (क) मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार श्याम पटेल १३७८४ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाका निकटम प्रतिद्वन्दी जसपा एमले गठबन्धनबाट जसपाका उम्मेदवार जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले १२१२७ मत ल्याएर चित बुझाउनु भएको छ ।

(ख) मा सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार रमेश प्रसाद कुर्मी ९४७१ मत प्राप्त दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको छ । उहाका निकटम प्रतिद्वन्दी रुपेशमान सिंहले ६८३४ मत मात्र प्राप्त गर्नुभएको छ ।

पर्सा क्षेत्र नम्बर तिनका (क) स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल ७३८१ मतका साथमा निर्वाचित हुनुभएको छ उहाका प्रमुख प्रतिद्वन्दी जसपा एमाले गठबन्धनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५९३० मत पाउनुभएको छ ।

(ख) मा सत्ता गठबन्धनबाट कांग्रेका उम्मेदवार जनार्दन सिंह क्षेत्री १०१७२ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाका निकटम प्रतिद्वन्दी जसपा एमालेको गठबन्धनबाट जसपाकी उम्मेदवार डा.मधु गुप्ता ७४९६ मत ल्याउनु भएको छ ।

सार्वजनिक भएको नतिजा अनुसार कांग्रेस ३ , जसपा २ , लोसपा माओबादीले एक÷एक र स्वतन्त्रले एक प्रदेश निर्वाचन क्षेत्रमा जितेको छ ।

Share your love