पर्साका ४ वटै प्रतिनिधि सभा क्षेत्रको मत परिणाम सार्वजनिक

पर्सामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका २ , जसपा र नेकपा एमालेका १÷१ जना निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नम्बरमा जनता समाजबादी पार्टीं नेपाल र नेकपा एमालेको गठबन्धनबाट जसपाका प्रतिनिधि सभा उम्मेदवार प्रदिप यादव २२५३७ मतका साथ दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको हो । उहाका निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय द्विवेदी २०९१७ मत प्राप्त गरेर चित बुझाउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर दुईमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस अजय चौरसिया २८४५१ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनबाट जसपाका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले २२४४५ मत प्राप्त गर्नुभएको छ । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित हुनुभएको हो । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बन्नु भएको थियो । २०७४ को निर्वाचनमा चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित हुनुभएको थियो ।

पर्सा क्षेत्र नं ३ मा एमालेका राजकुमार गुप्ता विजयी हुनुभएको छ । गुप्ताले २४२६० मत पाए भने उहाका निकटतम प्रतिद्वन्द्वी नेकाका सुरेन्द्रप्रसाद चौधरीले २४१०९ मत ल्याउनुभएको छ । गुप्ताले चौधरीलाई १५१ मतान्तरले पराजित गर्नुभएको हो । पर्सा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजाल ३११४२ मतका साथ निर्वाचित हुनुभएको छ । उहाका निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार जालिम मिया अंसारीले २५६१२ मत प्राप्त गर्नुभएको छ  ।

Share your love