पर्सामा प्रतिनिधि सभातर्फ ४४ र प्रदेश सभातर्फ ८८ जनाको जमानत जफत

जिल्ला निर्वाचन कार्यालय पर्साले प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लाबाट राजनीतिक दलतर्फका २२ जनाको र स्वतन्त्र २२ जना गरी ४४ जनाको जमानत जफत भएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी अरुणकुमार ठाकुरले पर्सा क्षेत्र नं १ मा राजनीतिक दलका नौ र स्वतन्त्र १० जना गरी १९ जना, क्षेत्र नं २ मा राजनीतिक दलका छ र स्वतन्त्र तीन गरी नौजनाको जमानत जफत भएको तथा क्षेत्र नं ३ मा राजनीतिक दलका तीन र स्वतन्त्र पाँच गरी आठजना र क्षेत्र नं ४ मा राजनीतिक दल र स्वतन्त्र चार÷चारजना आठजनाको जमानत जफत भएको बताउनुभयो ।

यसैगरी उहाले प्रतिनिधिसभाका चारवटा क्षेत्रबाट राजनीतिक दलबाट आठजना र स्वतन्त्र एकजना गरी नौजनाले मात्र जमानत जोगाउन सकेको बताउनुभयो । प्रदेशसभामा क्षेत्र नं १ (१) बाट राजनीतिक दलका नौ र स्वतन्त्रका १० गरी १९ जनाको जमानत जफत भएको उहाले बताउनुभयो । यसैगरी, १ (२) मा राजनीतिक दलका पाँच र स्वतन्त्रका १२ गरी १७ जनाले जमानत जोगाउन सकेका छैन्न । क्षेत्र नं २ (१)बाट राजनीतिक दलका दुई, स्वतन्त्र पाँच, क्षेत्र नं २ (२) बाट राजनीतिक दलका दुई, स्वतन्त्रका आठजना उम्मेदवारले जमानत गुमाएका छन् । यसैगरी, क्षेत्र नं ३ (१)बाट राजनीतिक दलका दुई, स्वतन्त्रका पाँच , ३ (२) बाट राजनीतिक दलका दुई, स्वतन्त्रका १० जनाले जमानत जोगाउन नसकेको सूचना अधिकारी ठाकुरले बताउनुभयो । क्षेत्र नं ४ (१)बाट राजनीतिक दलका पाँच, स्वतन्त्रका दुई, ४ (२)बाट राजनीतिक दलका पाँच र स्वतन्त्रका चारजनाले जमानत गुमाएको उहाले बताउनुभयो ।

प्रदेशसभामा राजनीतिक दलका ३२ र स्वतन्त्रका ५६ गरी पर्सा जिल्लाबाट ८८ जनाले जमानत गुमाएको तथा राजनीतिक दलका १९ र स्वतन्त्रका छ गरी कुल २५ जनाले मात्र जमानत जोगाउन सकेको सूचना अधिकृत ठाकुरले बताउनुभयो ।

उहाले समानुपातिकतर्फ पर्सामा प्रतिनिधिसभाका चार क्षेत्रबाट दुई लाख ३६ हजार ६५० मत खसेकामा ११ हजार ३३७ मत बदर भएको तथा दुई लाख २५ हजार २०३ मत मात्र सदर भएको बताउनुभयो ।

प्रतिशतको हिसाबले खसेको मत ४८.४१ र बदर मतको सङ्ख्या ४.७९ प्रतिशत रहेको सूचना अधिकृत ठाकुरले जानकारी गराउनुभएको हो । प्रदेशसभामा समानुपातिकतर्फ दुई लाख ३७ हजार ४१७ मत खसेकाराजनीतिक दलकामा १५ हजार ९५९ मत बदर भएको र दुई लाख २१ हजार ४५८ मत सदर भएको उहाले बताउनुभएको हो । प्रतिशतको हिसाबले खसेको मत ६८.६३ प्रतिशत र बदर मत ६.७२ प्रतिशत रहेको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

Share your love