यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा र बेफाइदा

जाडोमा तातो घाममा बस्न सबैलाई मन पर्छ । विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबै रुचाउँछन् । यतिमात्रै नभएर हिन्दू धर्ममा घामलाई सूर्य देवता मानेर पूजा गर्ने र जल चढाउने प्रचलन छ । घामको धार्मिक मात्र नभइ बैज्ञानिक महत्व पनि रहेको छ ।

घामले हाम्रो शरीरलाई तातो मात्र नभई पर्याप्त मात्रामा भिटामीन डी पनि प्रदान गर्दछ । स्वास्थ्य बिज्ञका अनुसार घामले विभिन्न इन्फेक्सनबाट बिरामीलाई जोगाउँछ । घाममा बस्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास हुने स्वास्थ्य विज्ञको भनाई छ ।

विशेष गरी भर्खर जन्मेका बच्चाहरूको लागि घामको महत्व निकै रहेको छ । विश्वका सबै देशमा एकै किसिमको हावापानी नहुने हुँदा मौसम पनि फरक किसिमको छ । नेपालमा भने मंसिर, पुस,माघ र फागुन महिनामा बढी मात्रामा घाममा बस्ने गरिन्छ । यी महिनामा नेपालमा जाडो हुन्छ । तर, पनि घामको महत्व भने सबैतिर उत्तिकै छ । खासगरी विहानको घाममा बस्दा शरीरलाई फाइदा पुग्ने चिकित्सकहरू बताउछँन् ।

यस्ता छन् घामका फाइदाहरू

१. भिटामिन डी

घामको किरण छालाको सम्पर्कमा आउने बित्तिकै भिटामिन डी प्रशस्त मात्रामा पाउन सकिन्छ । जसले शरीरका हड्डीहरूलाई बलियो बनाउने काम गर्दछ । घामले जोर्नीहरूको दुखाई, चिसोबाट हुने शरीरको दुखाइलाई समेत कम गर्दछ ।

२. शरीरको तौल घटाउन

शरीरको तौल घटाउन पनि घामको महत्व रहेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर, घाममा बस्दा घामले शरीरको कोलेस्टोरको मात्रालाई घटाउँछ । जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ ।

३. फंगल इन्फेक्सन

यदि हाम्रो शरीरमा कुनैपनि प्रकारको इन्फेक्सन छ भने घाममा बस्दा फाइदा पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । घाममा बस्नाले ब्याक्टेरियल इन्फेक्सन हराएर जान्छ । घामले छालामा भएको समस्याहरू कम गर्छ।

४. पोलियोका बिरामी

घाममा बस्नाले पोलियो रोग लाग्ने संभावना कम हुन्छ । तर, पोलियोको खोप भने लगाउन जरुरी छ । यदि पोलियो भएका बिरामीहरू छन् भने पनि उनीहरूलाई घाममा बस्दा फाइदा नै हुन्छ ।

५. मानसिक तनाब कम गर्छ

निन्द्रा हाम्रो लागि अतिनै महत्वपूर्ण भएकाले घाममा बस्नु फाइदाजनक छ । घाममा बस्दा हाम्रो शरीरमा मेलाटोनिन हर्मोन उत्पादन हुन्छ । यो हर्मोनको कारणले राम्रो र आनन्दको निद्रा लाग्छ । जसले मानसिक तनाब पनि कम हुन्छ ।

घामको फाइदा सँगै बेफाइदाहरू पनि छन् । जाडोको समयमा जति नै घाम प्यारो भएपनि गर्मीको समयमा घाम कसैले रुचाउँदैनन् । घाम ताप्दा फाइदा भएपनि घाममा लामो समय बस्दा बेफाइदा हुने गर्दछ । घाममा धेरै समय बस्दा हुने बेफाइदाहरु यस्ता छन् :

१. घाममा लामो समय बस्दा छाला कालो हुने समस्या देखिन्छ ।

२. लामो समयसम्म घाममा बसिरहदा छालाको क्यान्सर समेत हुन सक्छ ।

३. घाममा लामो समय सम्म बस्दा अनुहारमा फोका तथा बिमिराहरू देखा पर्दछन् ।

विभिन्न किसिमका रोग लागेका व्यक्तिहरूले चिकित्सकसँग आवश्यक सल्लाह गरेर मात्रै घाममा बस्नुपर्छ ।

Share your love