नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : संयोजक बाँस्तोला

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव भएको बताउनुभएको छ ।

आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताउनुभएको हो । उहाँले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने दाबी गर्नुभयाे । उहाँले देशमा अधुरा रहेका क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने बताउनुभयो ।

संयोजक बाँस्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गर्नुभयो ।

Share your love