इमरान खानको घरमा पुग्यो प्रहरी, जुनसुकै बेला पक्राउ पर्न सक्ने

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्ने सम्भावना प्रबल बन्दै गएको छ । बीबीसी हिन्दी उनलाई आइतबार नै पक्राउ गर्ने सम्भावना व्यक्त गरेको छ ।  

उनलाई तोसा खाना मुद्दामा पक्राउ गरिने । पाकिस्तानको लाहौरस्थित इमरान खानको घरमा प्रहरी पुगिसकेको छ । प्रहरीले भनेको छ, ‘हामी इमरान खानको घरमा पुगेका छौँ तर उनी घरमा छैनन् ।’

पाकिस्तानमा इमरानको पार्टीका समर्थक सडकमा जम्मा भइरहेका छन् । उनीहरू इमरान खानको गिरफ्तारीको विरोध गरिरहेका छन् ।

Share your love