नेपालको मौसम र अहिलेको राजनीति उस्तै-उस्तै हो : अध्यक्ष नेपाल
अध्यक्ष नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताउनुभयो । उहाँले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरुको विकास, सीप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिनुभयो ।