निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिकालाई केहिवेर अघि नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भयाे ।

उहाँका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा निहारिकालाई लिइएको हाे ।

आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

Share your love