नागरिककाे चासाेप्रति जानकार छु : ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र देखिएको खिचातानीप्रति नागरिकमा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।

सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै पूर्वराजा शाहले नागरिककाे चासोप्रति आफू जानकार रहेको बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले नागरिकबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताउनुभयो । उहाँले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनुभयो । राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने शाहकाे भनाइ छ ।

पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति र अनुशासनविना हुन नसक्ने बताउनुभयो ।

 

Share your love