प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त राज्यमन्त्री सिर्पाली ठकुरीलाई पद तथा गाेपनीयताकाे सपथ गराउनुभयो ।

माघ ३ गते राज्यमन्त्रीमा नियुक्त सिर्पाली हिजो उपत्यका बाहिर रहनुभएकाले सपथ लिन छुट्नुभएको थियो । नवनियुक्त राज्यमन्त्री सिर्पालीले आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर कार्यभार समेत सम्हाल्नुभएको छ ।