नयाँ वर्ष मनाउन जहाज नै चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल आउनुभएको छ  ।  नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टर गरेर चिनियाँ नागरिकहरू नेपाल आउनुभएको हो ।

चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । पर्यटकहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो ।

कोभिड महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब फेरी आउन सुरु भएको हो । केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो ।

मन्त्री किरातीले नयाँ वर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयाे। किरातीले भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदै गएको उल्लेख गर्नुभयाे। ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले उल्लेख गर्नुभएको छ , ‘लिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ, यो दशक नेपालीहरूको लागि सुख र समृद्धिको दशक बन्ने छ ।