नक्कली शरणार्थी प्रकरणमा कसैको बचाउ गर्ने अवस्था नरहेको सञ्चारमन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्न नसकिने बताउनु भएको छ । मन्त्री शर्माले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको पनि स्पष्ट पार्नुभयो ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गर्नुभयो । मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीले भन्दा रामो काम गरिरहेको जिकीर गर्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढि सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रसंशासमेत गर्नुभयो । मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।

Share your love