नक्कली नोटसहित भारतीय युवक पक्राउ

सिरहामा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पँचायत भासर मछहा (८ भन्सार चोक बस्ने २१ वर्षीय मो।रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शनिबार जिल्लाको नरहा गाउँपालिका ५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा मो।रेजाउल्लाहले पाईलट चुरोट १ प्याकेट खरिद गरी नक्कली एक हजार नेपाली रुपैयाँ दिएपछि ईलाका प्रहरी कार्यालय नरहा सिरहामा सूचना गएको थियो ।

प्रहरीमा नक्कली रुपैयाँको सूचना गएपछि तत्काल घटना स्थलमा प्रहरी टोली मो।रेजाउल्लाहलाई नियन्त्रणमा लिँदा उनको साथबाट नेपाली रुपैया १ हजारको ३१ वटा नोट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Share your love