धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाकाे शव फेला परेकाे छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रुखको तल फेला परेको त्यस शवको सनाखत हुन सकेको छैन ।

यसैगरी महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भोइलमा रहेको ईँटा भट्टा नजिकै पोखरीकाे डिलमा बनेको फुसको छानो नजिक उहाँको शव फेला परेको हाे । शवको आँखा ,मुख गरी शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।

शवलाई परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र शव परीक्षणपछि मात्रै केही भन्न सकिने जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयाे ।

 

Share your love