धनगढीका एक वृद्धको पेटमा रक्सीको बोतल

धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो।

उनी धनगढी उपहानगरपालिका फुलबारीको एच गाउँ निवासी हुन्।

पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन। यसकाे अनुसन्धान भइरहेकाे छ।

Share your love