देशभर आगलागी र डढेलो विकराल बन्दै

देशभर आगलागी र वन डढेलोको समस्या विकराल बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो देशका ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ ।
ती मध्ये अधिकांश डढेलो आज पनि नियन्त्रणमा आउन सकेको छैन । तत्काल ठूलो वर्षाको संभावना नभएकोले अझै केही दिन वन डढेलो बढ्दै जाने अनुमान छ । बैशाख लागेयता देशका १३ सयभन्दा बढी ठाउँमा डढेलो र आगजनीका घटना भएका छन् ।यी घटनामा २४ जनाको मृत्यु भईसकेको छ । हिजो मात्रै ललितपुरको गाादावरीमा डढेलो निभानउनेक्रममा स्थानीय दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहारी र रमेश पहारीको मृत्यु भएको हो ।

Share your love