गर्मी बढेसँगै रामेछापको स्थानीय उत्पादन जुनारको जुस बिक्री बढ्यो

 

गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । त्यहाँकाे स्थानीय उत्पादन जुनारकाे जुस होटल तथा पसलमा मात्र नभएर त्यहाँ जाने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।

विशेषगरी काठमाण्डौ र तराईका विभिन्न जिल्लामा कोसेलीका रूपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस दुई वटा उद्योगबाट दैनिक तीन लाख पचास हजार रुपैयाँ बराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् ।

निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट  र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न राज्यले सहयोग गरे बिक्री अझ बढ्ने बताउनुभयो ।

Share your love