तस्करीको काठसहित सामुदायिक वनका उपाध्यक्ष नै पक्राउ

वीरगंज–तस्करीको काठसहित सामुदायिक वनका उपाध्यक्ष नै पक्राउ परेको समाचार सार्वजनिक भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रमा पर्ने जिरभावानी गाउँपालिका १ मा रहेको जय माँ जगदम्बा सामुदायिक वनका उपाध्यक्ष राम्प्रबेश महत्तो कामकर तस्करीको काठ सहित पक्राउ परेको समाचार सार्वजनिक भएको हो ।

आफै उपाध्यक्ष रहेको वन बाट कमकरले बिना ईजाजत सिसौको रुख काटेर घर बनाउने कार्यको लागी आफ्नै घरमा राखेको बेला नेपाली सेनाले छापामारी गरी सिसौको गुलिया सहित पक्राउ गरेको हो ।

पर्सा रास्ट्रीय निकुञ्ज र निकुञ्ज सुरक्षाथार्थमा खटिएका सिद्दिबक्स गणका नेपालि सेनाको टोलिले कमकरको घर छापामारी गरि काठसहित पक्राउ गरेको हो  । पक्राउ परेका उपाध्यक्ष महतोलाई काठसहित पर्सा रास्ट्रीय निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भईरहेको पर्सा रास्ट्रीय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिनुभयो ।

Share your love