डेढ घन्टापछि चल्न थाल्यो ह्वाट्सएप

डाउन भएको करिब डेढ घन्टापछि ह्वाट्सएप सञ्चालनमा आएको छ। दिउँसो करिब साढे २ बजेबाट ह्वाट्सएप सञ्‍चालनमा आएको हो।

सामाजिक सञ्जाल ह्वाट्सएप डाउन भएपछि लाखौं प्रयोगकर्ताहरु प्रभावित भएका थिए।

विश्वका धेरै देशहरूमा ह्वाट्सएप सेवा डाउन भएको थियो । नेपालमा पनि ह्वाट्सएप चलेको थिएन । यसबाट म्यासेज र फोन नजाने समस्या देखिएको थियो।

भारतलगायत  विभिन्न मुलुकमा समस्या आएको सञ्चारमाध्यमहरुले जनाएका थिए।

ह्वाट्सएपमा विश्वभर २ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्। आज करिब साढे १२ बजेतिरबाट ह्वाट्सएप बन्द भएको खबर बाहिरिएको थियो ।

कम्पनीले समस्याको कारण भने खुलाएको छैन ।

गत वर्ष अक्टुबर ४ मा ६ घण्टा सेवा बन्द भएको थियो । ४ अक्टोबर २०२१ मा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्लेटफर्म करिब ६ घण्टा बन्द भएकाले अर्बौं प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो ।

Share your love